धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामका युवकका परिवारलाई क्षतिपूर्ति दिने भएको छ। सो घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप रु.दुई लाख दिने भएको हो।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुखी भएको बताउँदै काजक्रिया लगायतका काम गर्न रु।दुई लाख राहत दिने बताए। त्यस्तै शाहका हत्यारालाई कारवाहीको माग गर्दे धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीले मृतकको शब अछाम पु¥याउनु पर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने, उनका परिवारलाई उचित क्षतिपूर्ति, आफन्तलाई रोजगारी र आमाबुवालाई पालनपोषण गर्नु पर्ने लगायतका आठ बुँदे माग राखेको मृतकका आफन्त भरतबहादुर शाहले जानकारी दिए।