धनगढी। नेसनल प्याब्सन कैलालीको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित ग्रीन गोदवारी रिसोर्टमा अधिबेशन सम्पन्न भएको हो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपड बहादुर सांउदले अधिवेशनको उद्घाटन गरेका थिए ।
नवौं जिल्ला अधिवेशनले ललित साउदको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मदनराज ओझा,बरुण बिष्ट चयन हुदाँ सचिवमा चेतराज कुँवर र कोषाध्यक्षमा जयराज भण्डारी चयन भएका छन् । त्यसैगरि सह(कोषाध्यक्षमा हेमराज अम्मै,सहसचिवमा रमेश बिक निर्विरोध चयन भएका हुन् । भने सदस्यहरुमा रमेश जेठारा,मनिराम धामी,निर्मला बि क,गोपाल मोक्तान,जय बदादुर खत्री ,विश्व प्रकाश चौधरी र तुलाराम अचार्य निर्विरोध निर्वाचित भएका हुन् ।


