कपिलवस्तु। कपिलवस्तुको बाणगंगा नगरपालिकामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पिपराले मासु भाग लगाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको टोलीले नगरपालिका-१० पटना भावपुर बस्ने २० वर्षीय सुरज बिकको घरमा पक्राउ गरेको थियो। प्रहरीले घटनामा संलग्न बुद्धभूमि(१० बस्ने वर्ष ५५ को बर्साती थारु, रुपन्देही कञ्चन गाउँपालिका ५ भैसियाई बस्ने ३० वर्षीय श्रीधर टमटा पक्राउ गरेको छ । घटना स्थलबाट करिब १ क्विन्टल गाईको मासु सङ्केत बरामद भएको प्रहरीले जनाएको छ । आरोपितलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


