कञ्चनपुर। सुदुरपश्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसइई आइडल ३ का दुई अडिसन कञ्चनपुरको बेलौरीमा सम्पन्न भएका छन् ।
बेलौरी नगरपालीका शिक्षा शाखाको समन्वयमा बेलौरीको जवदियामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा आइडलको तेह्रौँ र बेलौरी बजारमा रहेको महाकाली माध्यमिक विद्यालयमा चौधौँ अडिसन आज सम्पन्न भएका हुन्। आज भएको चौधौँ अडिसनमा बेलौरी नगरपालीका शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्टले शिक्षा शाखाको समन्वयमा बेलौरीमा यस्तो कार्यक्रम गर्न पाउँदा खुसी व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता र स्तरीयता दिनुपर्ने कुरामा जोड दिए।
तेह्रौँ अडिसनमा बोल्दै लक्ष्मी माध्यमिक विद्यालयका प्र.अ. विरेन्द्र सिंह भण्डारीका यस्तो कार्यक्रम विद्यालयमा अपरिहार्य भएको बताए। चौधौँ अडिसनमा बोल्दै महाकाली माध्यमिक विद्यालयका प्र.अ. रमेश सिंह भण्डारीले एसइईका विद्यार्थीहरूका लागि मात्र नभएर अन्य तहका विद्यार्थीहरूका लागि पनि यस्तै कार्यक्रम आयोजना गर्न आयोजकसँग आग्रह गरे ।नृत्य र गायन विधाको प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसइई आइडलका अडिसन धमाधम आयोजना हुने क्रममा आज मिलन स्कुलमा बाह्रौँ अडिसन सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सिताराम बुढाथोकीले विद्यार्थीलाई पढाईसँग उनीहरूमा भएका फरक क्षमताको पहिचान र अभिवृद्धि हुनुपर्ने कुरामा जोडदिए ।एसइई आइडल-३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरूमा अडिसनहरूमा आयोजना गरिनेछ। यसवर्ष एसइई दिने विद्यार्थीहरूले अडिसनमा सहभागी हुन पाउनेछन्। यस वर्ष पनि गत वर्ष जस्तै नृत्य र गायन प्रतिभाहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन्।
असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरू सञ्चालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०/३० जना प्रतिस्पर्धिहरुले २०८१ वैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५/१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाई नलमा प्रवेश पाउनेछन् । फाइनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु. ५०/५० हजार र रु. २५/२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११/१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।


