धनगढी। कैलालीको धनगढी जेसिज यस वर्ष देशभरमै उत्कृष्ट शाखा घोषित भएको छ । राष्ट्रिय जेसिजको ५० औँ महाधिवेशनमा धनगढी शाखालाई देशकै सर्वोत्कृष्ट शाखा धनगढी जेसिज घोषित गर्दै पुरस्कृत गरिएको हो ।
सामाजिक तथा व्यक्तिगत कार्यमा विभिन्न गतिविधि गरेको भन्दै देशभरका एक सय ७८ शाखामध्ये धनगढी उत्कृष्ट बनेको धनगढी जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिए । धनगढी जेसिजले नयाँ वर्षमा धनगढी दौडिन्छ,अन्य समयमा रक्तदान,अन्तरक्रिया लगायतका विभिन्न गतिविधि गर्दै आइरहेको छ। सो सम्मान अध्यक्ष ओझालाई २०२३ का राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरले हस्तान्तरण गरेका थिए । मङ्सिर २९ देखि सुरु भएको अधिवेशन २ गते सम्पन्न भएको छ।



