कैलाली। कैलालीको अत्तरियाबाट ठुलो परिणाममा मदिरा बरामद गरिएको छ । कैलालीको गोदावरी नगरपालिका(१ बाट दुई हजार लिटर मदिरा बरामद गरिएको प्रहरीले बताएको हो ।
तीन घरबाट सो परिणाममा घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीले बरामद मदिरा नष्ट गरिएको बताएको छ ।


