धनगढी। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले कैलाली र कञ्चनपुरमा खाद्य तथा दाना उद्योग ऐन अनुरुप प्रतिकुल पाइएका ७ नमूना उपर मुद्धा दायर गरेको बताएको छ।
सोमबार कार्यालयले धनगढीमा आयोजना गरेको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति बिवरण सार्वजनिक गर्दै सो कुरा बताएको हो।२०८०/८१ को प्रथम त्रैमासिक अवधिमा अनुसन्धान प्रक्रिया पुरा भएका प्रतिकुल नमूना उपर खाद्य निरीक्षकबाट जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरमा २/२ र कैलाली जिल्ला अदालतमा २ र कञ्चनपुर जिल्ला अदालतमा १ गरी जम्मा ७ वटा प्रतिकुल नमुना उपर मुद्धा दायर गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीले जनाएको छ।
कार्यालय प्रमुख नवराज दाहालले गत आर्थिक बर्ष देखी लगत सरि आएका ३० उद्योगी ब्यवसायीहरुसँग बयान लिने र जिल्ला सरकारी वकील कार्यालयबाट निर्णय निकासा लिने कार्य अघि बढेको जानकारी दिए।सो अवधिमा २९ वटा खाद्य उद्योगको दर्ताको सिफारिस, १४ वटा खाद्य उद्योग र १ वटा दाना उद्योगको अनुज्ञापत्र सालवसाली नविकरण र ३ वटा खाद्य र १ दाना उद्योगको नयाँ अनुज्ञापत्र जारी गरिएको बताइएको छ। ४३ पटक खाद्य तथा दाना उद्योगको खाद्य निरिक्षक तथा संयुक्त बजार अनुगमन गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख दाहालले जानकारी दिए ।
खाद्य पदार्थको स्वच्छता र गुणस्तर नियमन तर्फ त्रैमासिक अवधीमा खाद्य निरिक्षक तथा संयुक्त बजार अनुगमन टोलीद्धारा खाद्य बजारको १ सय १ पटक तथा होटल रेष्टुरेण्टको ६९ पटक अनुगमन गरिएको छ ।खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु डडेल्धुरा, डोटी र बैतडीबाट क्रमशः २०,६० र १५ पटक खाद्य बजार र १७, ६ र १० पटक होटल रेष्टुरेण्टको अनुगमन भएको छ। यस्तै सुदुरपश्चिम क्षेत्रमा बिभिन्न श्रोतबाट संकलन हुन आएका ८ सय ६६ वटा खाद्य तथा दाना नमूनाहरुको बिश्लेषण गरिएको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।
आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिमा ९ वटा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी उजुरी तथा गुनासो सम्बोधन एवं ब्यवस्थापन गरिएको छ। यसै अवधिमा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले प्राप्त नमूनाहरुको विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नवीकरण र सिफारिस दस्तुर बाफत ७ लाख ४४ हजार ४१० राजस्व संकलन गरेको छ। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख दाहालले चालु र पुँजीगत खर्च गरी जम्मा ७० दशमलव ३४ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ। यस्तै डडेल्धुरा,डोटी, र बैतडीले पनी क्रमशः ७४ दशमलव ०५ प्रतिशत,६३ दशमलव २१ प्रतिशत र ८७ दशमलव ८५ वित्तिय प्रगति हाँसिल गरेको छ।
२०७६ पुस ६ गते खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीको कार्यालय प्रमुख भएर आएका प्रमुख नवराज दाहाल सरुवा हुन लागेका छन्। कार्यालय प्रमुख भएर आएदेखी आफुले आफ्नो जिम्मेवारीमा रहेर सक्दो पहल र बिभिन्न निकायसँग समन्वय गरेर काम गरेको बताएका छन्। ४ बर्षे कार्यकाल अवधीमा खाद्य तथा दाना स्वच्छता कायम गर्न बिभिन्न अनुगमन,नियमन देखी खाद्य तथा दानाको प्रयोगशाला, माइक्रोवाइलोजी जडान, जनशक्ति लगायत कार्यालयको भौतिक पुर्वाधार ब्यवस्थापनमा महत्वपुर्ण भुमिका खेलेका छन्।
कार्यालयको प्रमुख दाहालले ४ बर्षे अवधीमा खाद्य तथा दानाको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धीको गुनासो तथा उजुरी सम्बोधन एवं व्यवस्थापन कार्यमा निकै महत्वपुर्ण भमिका खेलेको नेपाल पत्रकार महासंघ कैलालीका सचिब प्रेम चौधरीले बताए । बजार अनुगमन देखी सम्बन्धीत निकाय तथा पत्रकारसँग समन्वय गर्ने कुरा निकै सहयोगी सम्बन्ध कायम गरेको भन्दै आगामी कार्यकालको शुभकामना ब्यक्त गरे । बरिष्ठ खाद्य प्रबिधिज्ञ समेत रहेका दाहालको पहिलो पटक ‘ट्रेडनेशनल फुड एण्ड बेब्रेज अफ नेपाल’ नामक पुस्तक लेखेका छन् । पुस्तकले सुदुरपश्चिमसहित देशका परम्परागत खाद्य पदार्थको अध्ययन र पेय पदार्थहरूको थप अनुसन्धान कार्यहरूमा लाभदायक र पोषण सुधार हुने बिश्वास लिएका छन् । यस्तै ३० जना खाद्य बैज्ञानिक तथा प्राबिधिज्ञ समुह मिलेर नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघ (NEFOSTA)सञ्चालन गरिएको छ।


