धनगढी। आज धन त्रयोदशी अर्थात् धनतेरस। दिपावली भन्दा पहिला आउने धनतेरसलाई धेरै नै शुभ मानिन्छ। यो दिन आयुर्वेदका प्रवर्तक धनवन्तरी र धनका देवता कुवेरको जन्मोत्सव मनाइन्छ। धनतेरसदेखी नै ५ दिनसम्म चल्ने दिपावली पर्वको उत्सव शुरु हुन्छ।
धनतेरसमा बजारबाट शुभ सामानहरुको खरीदलाई धेरै नै महत्वको रुपमा हेरीन्छ। यो दिन जुन सामान घरमा ल्याइन्छ त्यसले घरमा सुख र समृद्धि ल्याउछ। धनतेरसका दिन आ-आफ्नो आर्थिक क्षमता अनुसार गरगहना, भाँडाकुँडा लगायत नयाँनयाँ सामानहरु किनमेल गरिन्छ। यो दिन नयाँ सामान किन्दा घरमा सुख, शान्ति, समृद्धि, आयु, आरोग्य भित्रिने जनविश्वास रहिआएको छ। धनवन्तरीको प्रादुर्भाव समुद्रमन्थनबाट भएको हो।
उत्पन्न हुँदा धनका देवता कुवेरले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिए। उनका अनुसार दिपावलीको किनमेलको लागि पनि आजकै दिन निकै उपयुक्त मानिन्छ। आजका दिनमा किनेका सामग्रीहरु राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुशी हुने र धनधान्यले सम्पन्न गराउने विश्वास गरिन्छ। यो दिन माता लक्ष्मी र गणेशजीको मूर्ति या तस्विर भित्र्याउनु पनि उत्तम मानिन्छ। धनतेरसका दिन किनेका सामानहरु घरको पूर्व–उत्तर दिशा (इशान कोण)मा लगेर राख्नुपर्छ । यो दिन खरिद गरेका सामानहरु अरुलाई दिनु राम्रो मानिदैन, आफ्नै लागि राख्नुपर्छ।
धनतेरसमा किन्नुहोस यी सामान
– सुन–चादीको सिक्का जसमा माता लक्ष्मीको प्रतिमा बनेको होस यो धेरै नै शुभ हुन्छ।
– सुन–चाँदीले बनेको गहना धनतेरसको दिन घरमा ल्याउदा बर्ष भरीनै माता लक्ष्मीको कृपा मिल्छ।
– ब्यवसाय हुनेहरुले धनतेरसको दिन ब्यवसायसँग सम्बन्धित कुनै न कुनै सामान अवश्य खरीद गनुृ आवश्यक छ।
– धनतेरसको दिन इलेक्ट्रोनिक सामान खरिद गर्दा शुभ हुन्छ।
– लक्ष्मीको कृपा पाउनको लागी धनतेरसमा ११ घुम्ने चक्रलाई अवश्य किन्नुहोस्।
– धनतेरसमा पीतलको सानो–ठुलो भाडा अवश्य खरिद गनु पर्छ।
– धनतेरसको दिन कुचो किन्नु शुभ मानिन्छ किनभने कुचोमा माता लक्ष्मीको वाँस हुन्छ।
– स्वस्तिक र ऊं को आकृतिबाट बनेको सामान अवश्यक खरिद गर्नुहोस्।
– धनतेरसमा धनिया किन्नु धेरै नै शुभ मानिन्छ । दिपावलीको दिन पुजामा माता लक्ष्मीलाई धनियाको विउँ अर्पित गर्दे उसलाई आफनो भण्डारकोठामा राख्दा धन लाभ मिल्छ ।
धनतेरसको दिन भुलेर पनि घरमा नल्याउनुहोस यी सामान
– धनतेरसको दिन भुलेर पनि सिसाको सामान खरिद नगर्नुहोस। सिसाको सम्बन्ध सिधा राहुसँग हुन्छ जसलाई निम्न ग्रह मानिन्छ।
– धनतेरसको दिन भान्छाकोठामा प्रयोग हुने बस्तु जस्तै चक्कु,धारिलो चिज, फलामबाट बनेका सामान किन्नु शुभ मानिदैन।
– धनतेरसमा एल्मुनियमको सामान पनि खरिद गनु निषेध छ। यसको सम्बन्ध पनि राहुसँग हुन्छ यसकाकारण यसलाई शुभ मानिदैन।
– धनतेरसको दिन कालो रंगको सर–सामान घरमा ल्याउनबाट बचाउनु पर्छ। धनतेरसलाई धेरै नै शुभ दिन मानिन्छ जबकि कालो रंग सधै दुर्भाग्यको प्रतिकको रुपमा मानिन्छ ।
– धनतेरसको दिन तेल वा तेलको उत्पादन जस्तै घ्यू, रिफाइंड आदि घरमा ल्याउन मनाहि गरिन्छ। धनतेरसमा दियो बाल्नको लागी तेल र घ्यूको आवश्यक पर्दछ यसकारण यी चिजहरु पहिलादेखी नै किनेर ल्याउनु आवश्यक हुन्छ – धनतेरसको दिन मानिसहरु प्राय सुनबाट नै बनेको सामानहरु किन्छन तर यो दिन यो कुराको ध्यानमा राख्नु धेरै नै आवश्यक हुन्छ कि त्यो दिन नक्कली गर–गहना ल्याउन हुदैन ।


