काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले मनोज मानव भनेर चिनिने युट्युबर मनोजकुमार महतोलाई पक्राउ गरेको छ। ब्यूरोले बुधबार साँझ मनोजलाई पक्राउ गरेको हो।
‘स्टार अनलाइन टिभी’ नामक युट्युब चलाउने महतोलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।युट्युबमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा उनीमाथि लाग्दै आएको छ। पछिल्लो समय पूर्वएआईजी रणबहादुर चन्द र आफूलाई अभियन्ता भनेर चिनाउने तारा बरालको विषयमा विभिन्न सामग्री प्रशारण गरेका थिए।
मनोज पक्राउपछि बस्नेतले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मनोज बार्गेनिङ गर्ने गिरोहको मुख्य योजनाकार रहेको उल्लेख गरेका छन्। केही दिनअघि बस्नेतलाई जोडेर एउटा आपत्तिजनक भिडिओ सार्वजनिक भएको थियो। बस्नेतले अरुको फोटो भिडिओ एडिट गरेर चरित्र हत्या गर्नेलाई अधिकतम कारबाही हुनुपर्ने माग गरेका छन्। यता ब्युरोले भने कसका उजुरीका आधारमा मनोजलाई पक्राउ गरिएको भन्नेबारे केही उल्लेख गरेको छैन।
विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ। मनोज स्टार अनलाइन टिभीका सञ्चालक हुन्। तारा बरालले केही दिनअघि मनोजलाई थुकेकी थिइन्।पूर्वएआईजी रणबहादुर चन्द र आफु बसिरहेको रेस्टुरेन्टमा प्रवेश गरेपछि मनोजलाई ताराले थप्पडसमेत हानेकी थिइन्।


