कञ्चनपुर। कञ्चनपुरमा भान्छा कोठामा जुवातास खेलिरहेका ८ जुवाडे पक्राउ परेका छन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ का फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउका २९ वर्षीय तेजबहादुर रानासहित ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४० हजार ९ सय २७ रुपैँया र तास ३ गड्डीसहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


