धनगढी। धनगढीमा प्रहरीले एकैदिन ढाई हजार लिटर लोक्कल ठर्रा बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले स्वीप अप्रेशन अभियान मार्फत धनगढी उपमहानगरपालिका– २ बाट घरेलु मदिरा (लोक्कल ठर्रा) नियन्त्रण गरेको हो ।
घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्ने उद्देश्यले सञ्चालित स्वीप अप्रेशन अन्तर्गत मंगलबार साँझ धनगढी २ बाट प्रहरीको टोलीले ढाई हजार लिटर घरेलु मदिरा बरामद गरेर जष्ट गरेको छ।
साथै मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ र भाडाकुँडा समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक सन्तोष बस्याले बताए।प्रहरी निरीक्षक सन्तोष बस्यालेकै नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले उक्त अवैध रुपमा बनाइएको घरेलु रक्सी र भाडाकुँडा बरामद गरेको जनाइएको छ।


