कञ्चनपुर। कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।आज मंगलबार बिहान कञ्चनपुरको बेलौरी नगरपालिका–७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पसल ब्यवसायी चौधरीसहित ७ जना जुवाडे जुवाखालबाटै पक्राउ परेका हुन्। प्रहरी टोलीले नगद ११ हजार ५ सय ८० रूपैयाँ र एक बुक तास बरामद गरेको हो। घटनाको विषयमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।


