कैलाली। कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट प्रहरीले दुई लाखबढीका अबैध सामान बरामद गरेको छ। कैलालीको धनगढी वडा नम्बर २ पुरानो भन्सार रोड नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३९ हजार २ सय ८० मूल्य बराबरको चिनी, पानीपुरी,मिठाई,लेडिज सुट,साडी लगायतका सामान बरामद गरिएका छन्।
यस्तै कैलालीको जोशीपुर गाउँपालिका-१ जोशीपुर बजार र जोशीपुर गाउँपालिका-३ लक्कडबाट अन्दाजी २१ हजार मूल्य बराबरको नरिवल, सुर्ती, मसला, बिडी लगायतका सामान सोमबार बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।
यस्तै उता कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७८ हजार ४ सय ४० मूल्य बराबरका सामान बरामद गरिएका छन् । प्रहरी गस्ती टोलीले चिनी, दाल, तेल, प्लाष्टिक, सुर्ती लगायतका सामान सोमबार बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। बरामद गरिएका उक्त सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको छ।


