धनगढी। कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही नगरपालिका–२ कटान बस्ने ७३ वर्षीया पावनीदेवी साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।
भे.७ प ५३८१ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा उनको शुक्रवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पैदल हिडीरहेकी साउँदलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


