धनगढी : कैलालीका दुई बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका वार्ड नम्बर ६ स्थित दिपक मल्लका ६ बर्षिय छोरा दिपसन मल्ल र सोही ठाउँ बस्ने योगेन्द्र मल्लका ७ बर्षिय छोरा आयुष मल्लको नदीमा डुवेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुइटै बालकको बिहीवार साँझ नदीमा डुबेर मृत्यु भएको हो।
उनीहरु साँझ ५ः३० बजे बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ स्थित काँडा नदीमा नुहाउन गएका थिए। उनीहरुको शव नदीमा पानी जमेको गहिरो भागमा भेटिएको इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ। मृतकका शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाईएको प्रहरीले जानकारी दिए।


