कञ्चनपुर। कञ्चनपुरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीका ५२ वर्षीय बलबहादुर साउँदको गोठमा बिहीबार राति बिजुलीको तार सर्ट भई आगलागी भएको हो।
आगलागीबाट २ पशु चौपाया मरेका छन्, भने १ घाइते बनेको छ। प्रहरीका अनुसार गोठमा आगलागी हुँदा १ गाई, १ भैँसीको पाडोको जलेर मृत्यु भएको र १ गाई घाइते भएको हो। उक्त आगलागीबाट अन्दाजी २ लाख बराबरको क्षति भएको छ भने अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा आएको हो ।


