धनगढी। सुदूरपश्चिमका उधोग,पर्यटन,बन तथा वातावरण मन्त्री रमेश सिहं धामी मोटरसाइकल चलाएर मन्त्रीपरिषद बैठकमा पुगेका छन्। बिहिबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको मन्त्रीपरिषद बैठकमा मन्त्री धामी मोटरसाइकल चलाएर पुगेका हुन्।
धामी आफ्ना शुरक्षा गार्डलाई पछाडी बसाएर मोटरसाइकलमा मन्त्रीपरिषदको कार्यालय पुगेका हुन्। मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि बाहिर निस्किदा मन्त्री धामी मोटरसाइकल चलाएर आफ्नो मन्त्रालयतर्फ निस्किदै गर्दा सञ्चारकर्मीले फोटो खिचेका थिए।
मन्त्री धामी कहिले अटो रिक्सा चढेर अनुगमनमा निस्किने त कहिले मोटरसाइकल चढेर काममा निस्केको तस्विर भाइरल बन्ने गरेको छ । धामी आफुलाई मन्त्रीका रुपमा नभई कानुन कार्यान्वयन गर्ने निकायमा रहेको सर्बसाधारणका रुपमा आफुलाई हेर्ने गरेको बताउने गरेका छन्।


