धनगढी। कैलालीमा वन मुद्धाका फरार एक जना प्रतिवादी पक्राउ परेका छन्। वन मुद्धामा फरार रहेका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महरा कटान बस्ने ३६ वर्षीय बिरू बुढाथोकी मगरलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत कैलालीले वन मुद्धामा २०७७ मंसिर १० गते २ लाख ७५ हजार जरिवाना र ३ महिना कैद सजाय फैसला सुनाएका र फरार भएका मगरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको प्रहरीले बुधबार साँझ उनलाई घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।उनीमाथी थप अनुसन्धान भैरहेको छ ।


