कञ्चनपुर। इजरायलबाट उद्धार गरि दिल्ली ल्याइएका नेपालीहरू बुधबार बिहान कञ्चनपुर आइपुगेका छन्। दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएपुगेका हुन्।
महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन्।
उनीहरुलाई दिल्लीस्थित नेपाली दूतावासले सवारी साधनको व्यवस्थासहित घर पठाएको हो। अब उनीहरुलाई घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।१८ जनामध्ये अन्य दिल्लीबाट जहाजमार्फत काठमाडौं हुँदै आ–आफ्ना घर फर्किने बताइएको छ।महेन्द्रनगर आइपुगेका सबैलाई बुधबारै घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । यातायात व्यवसायीसँग सहजीकरण गरेर यहाँ पुगेकालाई गन्तव्यसम्म पठाउने व्यवस्था मिलाउने उनले बताए । दिल्ली आइपुगेका १८ मध्ये ११ जना हवाई यातायातबाट काठमाडौं जाने भएपछि ७ जना मात्रै यो नाकाबाट आएका बताइएको छ ।


