धनगढी। धनगढी उप–महानगरपालिका १७ र १९ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि अगुवा कार्यकर्ता छनौट गरिएको छ।
सो वडामा अल्पकालिन तथा दिर्घकालिन रुपमा प्रक्षेपण गरिएका विपद् जोखिम न्यूनिकरण गर्न स्थानिय सरकारको सहकार्यमा कार्यक्रम कार्यन्वयन गर्न समुदायका ३० जना अगुवा कार्यकर्ताको रुपमा छनौट गरीएको हो।नेपाल रेडक्रस सोसाइटीकैलालीजिल्ला शाखा र ब्रिटिस रेडक्रसको साझेदारीमा कार्यन्वयन हुन गईरहेको जलवायु परिवर्तन र प्रकृतीमा आधारित समाधान अन्तरगतको कार्यक्रम हो।
धनगढी वडा नम्बर १७ र १९ मा जलवायु परिवर्तन अनुकुलन तथा बर्षेनि बाढीका कारण नदि किनारमा बस्ने बासिन्दाहरुको विपद् प्रतिकार्य क्षमता अभिबृद्धि, स्थानीय रैथाने खाद्य तथा कृषी प्रणालीको प्रवर्धन गरी जलवायु अनुकुलित जिविकोपार्जन, स्थानिय स्रोत साधनको उच्चतम प्रयोग लगायत अल्पकालिन तथा दिर्घकालिन रुपमा प्रक्षेपण गरिएका जोखिमहरु न्यूनिकरण गर्नका लागि समुदायको पहलमा स्थानिय सरकारसँगको सहकार्यमा कार्यक्रम कार्यन्वयन परिक्षण गर्न लागिएको छ।
यो कार्यक्रम कार्यन्वयनका क्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १७ र १९का समुदायका प्रतिनिधिहरुलाई अगुवा कार्यकर्ताको रुपमा छनौट गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि स्थानीय जनशक्तिको रुपमा परिचालन गर्नु उपयुक्त र आवश्यकता महसुस गरीएको नेपाल रेडक्रस सोसाइटीका कार्यकर्मअधिकृत नरेन्द्र भट्टले बताए । सोही बमोजिम एक वडाबाट १५ जनागरि ३० जना अगुवा कार्यकर्ता छनौट गरिएको उनको भनाई छ।
उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा न १७ का वडा अध्यक्ष माधव राज राना र वडा न १९ का वडा अध्यक्ष बाधुराम चौधरी, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाकासद्सय खेमराज जोशीको उपस्थिति रहेको भने धनगढीउपमहानगरपालिका विपदव्यवस्थापन शाखा काप्रमुखदिपकराजभण्डारी, वातावरण खानेपानी तथा सरसफाईशाखाका प्रमुख अशोक अवस्थीका ेसहभागीता रहेको थीयोउक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटीका कार्यकर्मअधिकृत नरेन्द्र भट्टले सहजीकरण गरेका थिए।


