कञ्चनपुर। सोमबार कञ्चनपुरमा चट्याङ लाग्दा आमा–छोरी घाइते भएका छन्। चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएको प्रहरीले जनाएको छ।
घाइते दुबै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। खेतमा काम गरिरहेको अवस्थामा आमा–छोरीलाई चट्याङ लागेको थियो । चट्याङ लाग्दा आमा–छोरी घाइते भएको प्रहरीले बताएको छ।


