धनगढी।धनगढी वडा नम्बर ३ स्थीत पिसल्याण्ड रिर्सोटको दशैं तिहारमा ग्राहकलाई उपहारै उपहारको योजना ल्याएको जनाएको छ। दशैं तिहारको उपलक्षमा आफ्ना ग्राहकलाई ३० हजारसम्मको उपहार वितरण गर्ने पिसल्याण्डले जनाएको छ।
२९ गतेबाट लागूहुन लागेको सो उपहार कार्यक्रम छठ पर्वको दिन (मंसिर ३ गते) सम्म चल्ने छ। उपहार योजना लक्की ड्र मार्फत गरिने सञ्चालक कविन्द्र ऐरले बताए। प्रत्येक ग्राहकले आफुले रिर्सोटमा लिएको सेवा वाफत विल अनिर्वाय लिनु पर्ने छ र सो विल नं.को आधारमा उपहार वितरण हुने छ।
पहिलो उपहार १० हजार नगद र दुईवटा कालिज रहने छ। त्यसैगरी दोस्रो उपहारमा ६ हजार नगद १ लोकल कुखुराको परिकार दिइने र तेस्रो उपहारमा ५ हजार नगदसहित ३ प्लेट चाइनिज चिकेन रहने सञ्चालक ऐरले बताए। उपहार लक्की ड्र मार्फत मंसिर ९ गते खोलिने छ। ग्राहकहरुलाई रिर्सोटमा आई सेवा लिइ दिन हुन उनले आग्रह गरेका छन्। पिसल्याण्डले सधै शुद्ध र मिठा परिकारमा जोड दिने उनले बताएका छन्।


