धनगढी। कैलालीको गोदावरीका एक किशोर बेपत्ता भएका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ बसन्तपुरका १६ वर्षीय विष्णु भट्ट बेपत्ता भएका हुन्। उनका बुवा गणेशप्रसादका अनुसार शुक्रवार साँझ साढे चार बजेदेखि उनी घरबाटै बेपत्ता भएका हुन्।
उनी शनिवार बिहानसम्म सम्पर्कमा आएका छैनन्। घर–परिवार र आफन्तहरुकोमा खोजी कार्य जारी रहेको गणेशप्रसादले बताए। फोटोमा जस्तै लुगा लगाएका विष्णु बसन्तपुर टोलबाट हराएको हुदाँ निजलाइ फेला पार्नुहुनेले नजिकको प्रहरी कार्यालय वा बुवा गणेशप्रसाद भट्टको ९८४९७३५२४० तथा ९८६१८६१०२८,९८६२१५१४८३ मञ्जु र ९७४९८११८४३ मा सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन्।


