धनगढी। धनगढी उपमहानगरपालिकाले अन्तरास्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस मनाएको छ। उत्थानशील भविस्यको लागि असमानता विरुद्धको लडाईको मूल नारा आत्मसाथ गर्दै उप महानगरपालिकाले सहरी क्षेत्र भन्दा केहि पर सो कार्यक्रम आयोजना गरेको हो।
धनगढी उपमहानगरपालिका वडा १७ को पथरीमा अवस्थित भानु माध्यमिक बिद्यालयमा बिद्यार्थी,शिक्षकहरुको उपस्थीतीमा भूकम्प तथा आगलागीको पूर्वतयारी तथा सुरक्षाका उपायहरूको सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिइएको हो। भूकम्प तथा आगलागीको पूर्वतयारी तथा सुरक्षाका उपायहरूको सैद्धान्तिक तथा प्रयोगात्मक तालिममा भूकम्प तथा आगलागीको सुरक्षाबाट कसरी बच्ने भन्ने बारेमा जानकारी प्रदान गराइएको थियो।
धनगढी उप महानगरपालिकाको विपद शाखा प्रमुख दिपक भण्डारीले अध्यक्ष्यता भएको उक्त कार्यक्रममा धनगढी वडा नम्बर १७ का वडा अध्यक्ष माधव राज रानाले प्रमुख अतिथी रहेका थिए। युरोपियन युनियनको आर्थिक सहयोग, UNDP UNICEF र UNWOMEN को प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी स्थानीय साझेदार रहेको सहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (SUPER) संगको सहकार्यमा सो कार्यक्रम सम्पन्न गरिएको थियो।
सो कार्यक्रममा सुपर परियोजना तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको उपस्थिति थियो।कार्यक्रम सञ्चालन बिकास नेपालीले गरेका थिए। विभेद रहित समाजको निर्माण तथा विपदको आवस्थामा सबैको समान र सबल पहुँचलाई सुनिश्चित गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विस्वास लिइएको छ।


