कञ्चनपुर। कञ्चनपुरबाट १० लाखका अबैध सामानसहित दुई जना पक्राउ परेका छन्। भन्सार छलीका सामानसहित कञ्चनपुर भीमदत्त नगरपालिका–४ का सुशिलकुमार देवल र सोहि नगरपालिकाका–१८ का राजेन्द्र देवल पक्राउ परेका हुन्।
दुबै जनाले घरमा संचालन गरेका पसल र गोदाममा भारतबाट भन्सार छली ल्याएका करिब १० लाख ८२ हजार ९ सय ४२ रुपैँया बराबरका खाद्यान्न सामग्री,जुत्ताचप्पल र गहुँसहितको ट्रक फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी, प्रहरी प्रवक्ता प्रकाश डाँगीले बताए। प्रवक्ता डाँगीका अनुसार बरामद गरेको सामान सहित दुबैजनालाई कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको छ।


