धनगढी। धनगढी उपमहानगरपालीका २ मा बृहत सरसफाइ कार्यक्रम गरिएको छ। बिहीबार बिहान धनगढी वडा नम्बर २ स्थीत आदर्श टोलमा बृहत सरसफाइ कार्यक्रम गरिएको हो। धनगढी उपमहानगरपालीका टोल बिकास संस्था र सरसफाई समितीको संयुक्त पहलमा सरसफाइ कार्यक्रम गरिएको आयोजक जनाएको छ।
हाम्रो धनगढी हामी बनाउँछौ भन्ने मुल नारा सहीत सरसफाइ कार्यक्रममा आमा समूह, स्वास्थ स्वयंसेवक, टोल बीकास र जन प्रतिनिधिको उपस्थीतीमा सरसफाइ कार्यक्रम गरिएको धनगढी २ की महिला स्वयं सेविका संयोजक लिला पोख्रेलले बताइन्। भन्सार रोड स्थित रहेको आदर्श टोलको बिभिन्न सडक आसपास क्षेत्र,टोल तथा बस्ती वरपरका क्षेत्रमा फोहर जन्य बस्तुको सरसफाई गरि ब्यवस्थीत गरिएको उनले बताइन्।
साथै टोल तथा बस्तीका बासिन्दाले स्वयं आ आफ्नो क्षेत्र वरीपरी सफा सुग्घर बनाउन र कुहिने तथा नकुहिने फोहर बस्तु छुट्याई ब्यवस्थापन ध्यान दिन आग्रह गरिएको छ। सरसफाइ कार्यक्रम उपस्थीती जनाउने सम्पुर्णमा धन्यवाद ब्यक्त गरिएको छ।


