धनगढी। कैलालीमा चार लाख बढीका सामान बरामद गरिएका छन्। कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका ५३ हजार मुल्य बराबरका लेडिज सुट, धोती, रेडिमेड ब्लाउज लगायतका सामान छन्। यस्तै धनगढी उपमहानगरपालिका २ पुरानो भन्सारबाट अन्दाजी ३७ हजार मूल्य बराबरका चिनी, लेडिज सुट, मैदा, मिश्री लगायतका सामान बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।
यस्तै कैलालीको गौरीगंगा नगरपालिका-१ चौमाला बजारबाट अन्दाजी १ लाख ४८ हजार मूल्य बराबरको लेडिज सुट, लेडिज कुर्ती लगायतका सामान बरामद गरिएका छन् । लम्कीचुहा नगरपालिका १ लम्कीबाट अन्दाजी २ लाख ३ हजार मूल्य बराबरको जेन्स सुट, लेडिज सुट लगायतका सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। जम्मा ४ लाख ४१ हजार मूल्य बराबरका सामान बुधवार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको जनाएको छ । सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


