धनगढी। कञ्चनपुरमा लागुऔषधसहित धनगढीका दुई युवक पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट ६२० मिलिग्राम लागुऔषधसहित कैलालीको धनगढी उपमहानगरपालिका–४ का २९ वर्षीय सञ्जय चौधरी र ३० वर्षीय कृष्ण चौधरी बुधबार साँझ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई मोटरसाईकलमा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा लागुऔषधसहित फेला पारी दुवैजनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


