धनगढी। बझाङका भुकम्प पीडित परिवारको सहयोगका लागि ७ लाख बराबरको सहयोग गरिएको छ। असोज १६ गते बझाङमा गएको बिनासकारि भुकम्पबाट पीडित परिवारहरुको सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग बाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश र कैलाली उद्योग बाणिज्य संघबाट संकलित ७ लाखको सहयोग सामग्री हस्तान्तरण गरिएको हो।
निजि क्षेत्रले सामाजिक उत्तरदायित्वलाई मनन गर्दै राहत स्वरुप नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघसुदूरपश्चिमबाट त्रीपाल १५० थान, २५ के जि चामल १६५ बोरा,२५ बोरा चिउरा,३० बोरा स्वायबिन बझाङ पठाइएको छ। यस्तै कैलाली उद्योग वाणिज्य संघबाट १०० थान त्रीपाल बझाङ उद्योग वाणिज्य संघका महासचिव नरेन्द्र खड्कालाई हस्तान्तरण गरि बझाङ पठाइएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम अध्यक्ष शंकर बहादुर बोगटीको विशेष पहलमा खाद्यान्न, त्रिपाल लगायतका सामाग्री गरिएको हो। उक्त राहत सामग्री नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुवंर,नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्षद्व्य मदन राज पन्त,अनिल कुमार भोजनिया र कार्यकारी निर्देशक ज्योती भट्टको सहभागितामा हस्तान्तरण गरिएको जनाइएको छ ।


