कैलाली। कैलालीको टीकापुरमा अवैध रकमसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार साँझ गस्ती गरिरहेको समयमा विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान तथा औद्योगिक शिक्षालय टीकापुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठका अनुसार उनीहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित पाँचसयका भारतीय नोटसहित ३ लाख ८७ हजार भारतीय रुपियाँ र ६ लाख २३ हजार नेपाली रुपियाँ बरामद गरेको हो। साथै उनीहरू चढेको एक भारतीय नम्बरप्लेटको टाटा गाडी समेत नियन्त्रणमा लिइएको शिक्षालयका प्रमुख श्रेष्ठले जानकारी दिए।
नगदसहित समातिएका उनलाई राजस्व अनुसन्धान तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा राखिएको छ ।उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाउने तयारी भइरहेको समेत उनले जानकारी दिए । रकमबारे थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


