कैलाली। एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न आफूले मार्ग प्रशस्त गरेको तिमिल्सिनाले बताए।
उनले सहमतिबाट हामी अधिवेशन सम्पन्न गर्न पार्टीको बृहत हितका लागि उम्मेदवारी फिर्ता गरेर त्याग गरेँ।’ तिमिल्सिनाले कृष्णप्रसाद जैसीका नाममा सहमति जुटाउने प्रयासस्वरुप अध्यक्षका अन्य उम्मेदवारहरूसँग पनि छलफल चलिरहेको जानकारी दिए ।
तिमिल्सिना अध्यक्षबाट उम्मेदवारी फिर्ता लिए पनि भरत साउद र बच्चन सिंहले भने उम्मेदवारी फिर्ता लिइसकेका छैनन्। अध्यक्ष मण्डलले सहमतिमा नेतृत्व चयन गर्ने भन्दै प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि पदाधिकारीमा अध्यक्षमा कृष्णप्रसाद जैसी (अछाम) ,उपाध्यक्षमा कालीबहादुर शाही(बाजुरा),सचिवमा रणबहादुर चन्द (कैलाली) तथा उपसचिवमा नेपाल चौधरी (कैलाली) र कलसा महरा (कञ्चनपुर) लाई सहमतिका लागि प्रारम्भिक खाका प्रस्ताव गरेको थियो । यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।


