कैलाली। कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध सामान वरामद गरेको छ । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले २ लाख २० हजारभन्दा बढी रकमको भन्सार छलीका सामान वेवारिसे अवस्थामा वरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिका-२ बौनिया,कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजार, शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर, बेलौरी नगरपालिका–७ पौलाहाबाट अवैध सामान वरामद गरिएको हो।
डोकेबजारबाट अन्दाजी ८५ हजार, कलुवापुरबाट ३२ हजार, पौलाह चोकबाट ६३ हजार र बौनियाबाट ४३ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न उपभोग्य सामान वरामद गरिएको प्रहरीले जनाएको छ ।साथै प्रहरीले १ थान भारतीय नम्बर प्लेटको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ।


