धनगढी : सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन कमिटिले सोमबार साँझ निर्वाचन तालिका सार्वजनिक ग।ेको हो । तालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि मंगलबार(आज) साँझ ५ बजेदेखि मतदान हुने छ ।
त्यसका लागि बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ । अध्यक्षमा अछामका अछामका कमल तिमिल्सिना, कृष्ण प्रसाद जैशी र कञ्चनपुरका वचन सिंहले दाबी गरेका छन् ।


