बैतडी। बैतडीमा करणीको आरोपमा फरार रहेका एक युवक पक्राउ परेका छन्। बैतडीको मेलौली नगरपालिका–५ खलिगाडका २८ वर्षीय नरेश जोशी करणीको आरोपमा पक्राउ परेको बैतडी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार
जोशी असोज २१ गते बिहान मेलौली–६ को लामाखोला जङ्गलमा ४५ वर्षीया महिलालाई करणी गरी फरार भएका थिए। फरार रहेका उनलाई आइतवार साँझ लामालेकबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका जोशीविरूद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको निरीक्षक खत्रीले बताए।


