कञ्चनपुर। कञ्चनपुरमा मसाज ‘स्पा’ सेन्टरहरूमा प्रहरीले छापा हानेको छ। कञ्चनपुरको महेन्द्रनगरमा आचार संहिता र नियम विपरित सञ्चालनमा रहेका स्पा मसाज सेन्टरहरूमा कञ्चनपुर प्रहरीले छापा हानेको हो । प्रहरीले आपत्ति जनक अवस्थाका १७ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरी टोली पुग्दा मसाज गराउन आएका केही ग्राहक सिङ्गै नाङगो अवस्थामा भेटिएका थिए, जबकी मसाज सेन्टरमा पुरै नाङगो भएर मसाज गराउन मापदण्ड नै छैन । तर, महेन्द्रनगरका केही समाज सेन्टरमा यसरी युवती मार्फत नाङगै भएर मसाज गराउने कार्यले यौनजन्य गतिबिधी भईरहेको पुष्टी भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्कर राज पन्तले चार मसाज सेन्टरमा छापा मारेको बताए । उनका अनुसार भीनपा ४ महेन्द्रनगरको ग्ल्यामर, भीनपा ५ बनखेतको ग्ल्यामर, बनखेतकै कोहिनुर, भीनपा ६ ऐठपुरको डाईमण्ड स्पामा छापा हानिएको छ ।प्रहरीका सुचना अधिकारी पन्तले रामसिह विष्ट संचालक रहेको बनखेतको महेन्द्रनगरकै ग्ल्यामर स्पाबाट १ महिला २ जना पुरूष, नरेन्द्र शाह संचालक रहेको कोहिनुर स्पाबाट म्यानजेर दया भट्ट सहित सहित ७ महिला, ८ पुरुषलाई पक्राउ गरिएको बताए ।
स्पाबाट पक्राउ परेका महिला कामदार हुने भने पुरुष ग्राहक हुन। ६ भारतीय पुरुष रहेका छन । समाज सेन्टरमा प्रहरी पुग्दा ग्राहक आपत्तिजनक अवस्था भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले स्पा सेन्टरमा अनैतिक गतिबिधी भईरहेको गुनासो आईरहेको बताए। विरामीलाई उपचारको रुपमा गर्ने मसाज त्यस्तो अवस्थामा नरहेको र यस्तो धन्दाले समाजमा नकरात्मक असर पर्ने एक जना स्थानीयले बताए। यस्तो विषयमा वडा र प्रशासनले पनि निगरानी गर्नु पर्ने उनको भनाई छ । भोलिका दिनमा यस्ता गतिविधि रोक्न पर्नेमा स्थानीयको जोड छ। पक्राउ परेका व्यक्तिको व्यवसायको प्रकार र दर्ताका विषयमा छानविन हुने प्रहरीले जनाएको छ । प्रहरीले गलत क्रियापलाप मिल्न गएमा सोही अनुसार कारवाही हुने जनाएको छ । सो विषयमा स्थानीयले पनी पहिले देखीनै गुनासो गर्दै आएका थिए ।


