धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताएका हुन् । अध्यक्ष ओलीले इजरायलमा फसेका नेपालीहरुको उद्धार प्रती सरकार उदासिन भएको समेत आरोप लगाएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओलीले सरकार जनताप्रती उत्तरदायी नभएको आरोप लगाएका छन् । आइतबार धनगढीमा आयोजित नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै ओलीले सरकार भ्रस्टहरुको संरक्षक भएको तर जनताप्रति उत्तरदायी बन्न नसकेको बताएका हुन् । बिभिन्न काण्डै काण्डमा मुछिएको सरकारले बालुवाटार जग्गा प्रकरणमा दोषीलाई उम्काएर ब्यापारी फसाउने काम मात्रै गरेको उनले आरोप लगाए । यस्तै एक कुन्टल सुन प्रकरणमा सुनलाई घटाएर ६० किलोमा झारेको आरोप लगाउँदै ओलीले सुन प्रकरणमा समेत भरियालाई कार्वाही गरी दोषी उम्काउने काम गरेको ओलीले बताए ।
उनले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको टिप्पणी गरे । एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीलाई उद्धार गर्ने सरकार लाई आग्रह गरेका छन् । आक्रमणमा परी बन्दी जीवन बिताइरहेका नेपालीको तत्काल उद्धारका लागि सरकार गम्भिर बन्नु पर्नेमा ओलीले जोड दिए । ओलीले एमाले मिशन ८४ मा रहेकाले २०८४ मा बहुमतको सरकार बनाउने गरी खटिन कार्यक्रताहरुलाई निर्देशन दिए ।
कार्यक्रममा बोल्दै पाटी महासचिव शंकर पोखरेलले वर्तमान सरकार नेपाली जनताप्रति संवेदनशील हुन नसकेको बताएका छन् । महासचिव पोखरेलले इजरायलमा भएको हिंसात्मक घटनामा परी नेपाली विद्यार्थीहरू समस्यामा पर्दा समेत सरकारले ठोस पहल कदमी चाल्न नसकेको भन्दै उक्त घटनामा सरकार बेखवर जस्तै बनेको बताएका हुन् । इजरायलमा फसेका नेपालीको उद्धार तिर सरकारको ध्यान नजानुबाटै यो सरकार नेपाली जनता र नेपाली नागरिकप्रति संवेदनशील छैन भन्ने पुष्टि हुने उनको भनाई छ । उनले प्रचण्ड नेतृत्वको सरकार नेपालीका लागि नभई विदेशीका लागि कम्फरटेवल भएको आरोप समेत लगाए ।
नेकपा एमाले सुदूरपश्चिमको प्रथम अधिवेशनको उद्घाटनसत्रमा पाटी सचिव लेखराज भट्ट, छविलाल बिश्वकर्मा लगायत पार्टी नेताहरुले सम्बोधन गरेका थिए । पार्टीको प्रदेश अध्यक्षका लागी कमल तिमिल्सेना, कृष्ण प्रसाद जैशी र बचन बहादर सिहंले दावी गरेका छन् । भोली हुने बन्दसत्रबाट सके सहमतीबाट नभए चुनावी प्रकृयाबाट नेतृत्व चयन गर्ने जनाइएको छ ।


