धनगढी। कैलालीको लम्कीचुहा नगरपालीका ९ सोहनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। आज (बुधबार) दिउँसो साढे २ बजे लम्कीचुहा नगरपालीका-९ सोहनपुरबाट भारत लखिनपुरखिरी निघासन तिकुनियाका २४ बर्षीय गुर्वेन्द्र सिंह र सोही ठाउँका २१ बर्षीय कुलदिप सिंह पक्राउ परेको प्रहरीले जनाएको छ।
गोप्य सुचनाको आधारमा सादा पोशाकमा प्रहरी सहायक निरीक्षक बम बहादुर बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलिले लम्कीचुहा ९ सोहनपुरमा कालो रङको UP 31 BY4924 नंम्बरको मोटरसाईकल रोकि शंकास्पद रुपमा बसिरहेको अवस्थामा दुबैलाई नियन्त्रणमा लिइएको हो ।
खानतलासी गर्दा कुलदिप सिंहले लगाएको निलो रङको ट्राउजरको बाँया खल्तीमा कालो रङको प्लाष्टिकको झिल्लीमा २ थान पोका लुकाई छिपाई गरिएको १० ग्राम २ सय ८० मिलिग्राम लागुऔषध खैरो हेरोईन भेटिएको हो ।
उक्त लागुऔषधसहित निज दुबै जना र उक्त UP 31 BY4924 नंम्बरको मोटरसाईकल नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


