धनगढी। विभिन्न विधामा सक्रिय तीनजना पत्रकार ‘ह्युमन राइट्स अवार्ड’ बाट सम्मानित भएका छन्। युरोपियन युनियनको सोमबार राजदूतावासमा आयोजित एक समारोहकाबीच तीनै जनालाई कदरपत्रसहित सम्मानित भएका छन्।
अवार्डबाट कैलालीका पत्रकार उन्नती चौधरी, चाँदनी हमाल र आशिष मिश्र सम्मानित भएका हुन्। चौधरीलाई ‘कमलरी प्रथा, मुक्तिको इतिहास र वर्तमान’, वालविवाह विषयमा शसक्त रुपमा कमल चलाए बापत सम्मान गरिएको हो। विगत १७ वर्षदेखि संचार क्षेत्रमा रहेकी चौधरी हिमाल खबरमा रिर्पोटिङ गर्छन् भने केर्नीन्यूज डटकम अनलाइनकी संचालिका पनि हुन् । त्यस्तै, हमाल गोरखापत्र दैनिक र मिश्र द राइजिङ नेपालमा कार्यरत छन् ।
समारोहमा नेपालका लागि युरोपियन सङ्घकातर्फबाट नवनियुक्त राजदूत भेरोनिक लरेन्जोले कदरपत्रसहित सम्मान प्रदान गर्दै तीनै जना पत्रकारको भूमिकाको उच्च सम्मान गरेकी थिइन् । तीनै जना पत्रकारलाई पुरस्कारस्वरुप ईयूले आउँदो साता युरोपको शैक्षिक भ्रमणमा बेल्जियम लाग्ने भएको छ । युरोप भ्रमणबारे तीनै जना पत्रकारलाई जानकारी समेत दिइएको छ ।


