धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाले आज शोक बिदा दिइएको छ । नगरपालिकाको पशु सेवा शाखाका प्रमुख छत्रा रावत न्यूरेको निधन भएको शोकमा नगरपालिकाले आज बिदा दिइएको छ ।
घोडाघोडी नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूमा मंगलबार एक दिनका लागि शोक बिदा दिइएको नगर प्रमुख खडक बहादुर रावतले बताए ।
हृदयघातका कारण ४८ वर्षीया छत्रा रावत न्यूरेको नगरपालिका–१ सुखड स्थित आफ्नै घरमा राति करिब साढे २ बजेपछि निधन भएको थियो ।


