धनगढी : दिगो बिकास समाज भजनि कैलालीको आयोजना तथा लुथरन वर्ल्ड फेडेरेसन नेपालको आर्थिक सहयोगमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेका सबै प्रकारका अपांगता भएका ब्यक्तिहरुलाइ समेटेर अपागंता सञ्जाल गठन गरिएको छ । ११ सदस्यीय उक्त संजाल गठन कार्यक्रममा दिगो बिकास समाजका टेक्निकल कोडिनेटर नन्दराज भट्ट र कार्यक्रम सहायक बासुदेव चौधरीको सहभागीता रहेको थियो । नयाँ गठन गरिएको संजाल सदस्यहरुलाई टेक्निकल कोडिनेटर नन्दराज भट्टले अपांगता अधिकार र राज्य बाट पाउने सेवा सुबिधा सम्बन्धमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा ३० जना अपांगता भएका युवा ब्यक्तिहरुको सहभागीता रहेको थियो । कैलालीको बर्दगोरिया गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुको लागि वकालत र स्थानीय श्रोत साधनको सदुपयोग गर्न अपाङ्गता सम्बन्धि काम गर्ने संस्था नभएकोले स्थानीयले अपाङ्गता सम्बन्धि आवश्यक सल्लाह सुझाव र परामर्श समेत नपाउने अवस्थामा सो अधिकार प्राप्तीमा सहयोग गर्न सञ्जाल गठन गरिएको जनाइएको छ । जिल्ला र प्रदेश स्तरमा समन्वय गर्न कुनै संरचना नभएको अवस्थामा अपांगता अभियानलाई उच्च तहमा पुर्याउनु र स्थानीय अपांगता भएका नागरिकहरुलाई राज्यको मुलप्रवाहमा ल्याई सेवा सुबिधामा पहुँच अभिबृदी सहित अपांगता मैत्रीपुर्ण वातावरणको निर्माण गर्दै बिभेदरहीत समतामूलक समाजको निर्माण गर्ने उद्देश्यले पालिका स्तरीय संजाल गठन गरिएको नन्दराज भट्टले जानकारी दिए ।


