नेपालगंज। नेपालगंजमा बतास एम ए डब्लु प्रा.लीले ग्राहक भेला सम्पन्न गरेको छ। आयसर कम्पनिको नेपालको लागी आधिकारिक बिक्रेता बतास एम ए डब्लु कमर्सियल भेहिकल प्रा.लीले शुक्रबार नेपालगंजमा बृहत ग्राहक ग्राहक भेला तथा भेटघाट गरेको हो।
भाद्र २२ गते शुक्रबार सभ्य भब्य रुपमा ग्राहक–ग्राहक भेला तथा भेटघाट गराइएको प्रा.लीले जनाएको छ। बतास समुह र एम ए डब्लु समुह बिच मर्जर भई बनेको समुह बतास एम ए डब्लु कमर्सियल भेहिकल प्रा.ली २०८० बैशाख १ गतेका दिनबाट जोइन्ट अपरेसमा आएको हो। हाल उक्त नयाँ समुहले ग्राहकको सन्तुष्टिका लागी बजारमा निकै आक्रमक रुपले आफ्नो उपस्थीति जनाइरहेको बतास एम ए डब्लु प्रा. लीले जनाएको छ।



