धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मनकामना युवा क्लबले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । क्लबले आयोजना गरेको रक्तदान कार्यmक्रममा ३१ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष कृष्णराज पाण्डयले बताए । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ मनकामना युवा क्लबले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए ।

अहिले बर्षातको समयमा अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगो भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको मनकामना युवा क्लबका निर्वतमान अध्यक्ष डबल बहादुर थापाले जानकारी दिए । उनले क्लबले समाजमा हुने विभिन्न सामाजिक तथा अन्य विकृतका विरुद्ध पनि समय समयमा सचेतनामुलक कार्यक्रम गरिदै आएको जानकारी दिए ।


