बैतडीमा अवैध रुपमा सञ्चालन गरिएका तीन मेडिकल तथा फार्मेसी सिल गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाको दोगडाकेदार गाउँपालिका ६ मा रहेको कबिर मेडिकल हल, वडा नम्बर ३ को रणशैनी फार्मेशी मिलन फार्मा केयरलाई सिल गरिएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रशाद भट्टले गैर स्वास्थ्यकर्मीमार्फत सेवा दिइरहेको पाइएपछि सिल गरिएको जानकारी दिए । भट्टले सञ्चालक कृष्ण सिंह कार्कीलाई नियन्त्रणमा लिएको बताए ।
यस्तै रणशैनी फार्मेशी दर्ता भएपनि सञ्चालक नरहेको पाइएको छ भने क्लिनिकि समेत दर्ता नगरेको भेटिएपछि उक्त फार्मेसी सिल गरिएको हो । दर्ता एउटाको नाममा गरी सेवा अर्कैले दिने गरेको मिलन फार्मा केयर पनि सिल गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


