धनगढी : अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर धनगढीको शिवपुरीधाम परिसरमा बृक्षारोपण गरिएको छ । नेपाली युवा उद्यमी मञ्च कैलालीले युवा दिवशको अवशरमा बृक्षारोपण गरेको हो । युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष कुबेर शाही लगायत पदाधीकारी तथा सदस्यहरु बृक्षारोपण कार्यक्रममा सहभागी थिए । अन्तर्राष्ट्रिय युवा दिवसलाई युवा उद्यमी मञ्च कैलालीले बृक्षारोपण गर्दै मनाएको अध्यक्ष शाहीले बताए ।
अध्यक्ष शाहीका अनुसार रुद्राक्ष, श्रीखण्ड, निम, बेल लगायत बिभिन्न प्रजातीका ४० बोटबिरुवा धाम परिसरमा लगाइएको बताए । कार्यक्रममा शिवपुरी धाम व्यवस्थापन समितिका अध्यक्ष बलदेव भटट र उपाध्यक्ष योगेश मल्ल सहित को उपस्थिति रहेको थियो । अध्यक्ष भट्टले युवा उद्धमी मन्च कैलाली शाखालाई धन्यवाद व्यक्त गरे ।
सोही अवसरमा सहभागी सम्पुर्णले हातमा विभिन्न खाले जनचेतना मुलक नारा सहितका प्लेकार्डहरु बोकेर समाजलाई सकारात्मक सन्देश पनि दिएका छन । मञ्चका अध्यक्ष कुबेर बहादुर शाहीले यस छेत्रमा युवा उद्धमी र उद्धामसिलताको विकासमा भुमिका खेल्नुका साथै विभिन्न अवसर हरुमा यस किसिमका अन्य सामाजिक र मानविय सेवाका कार्यहरु निरन्तर गर्ने बताए ।



