धनगढी। नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशी कैलाली उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा मनोनीत भएका छन्।
कैलाली उद्योग वाणिज्य संघको आइतबार धनगढीमा बसेको चौधौ मासिक बैठकले सल्लाहकार समिति गठन गर्दै अध्यक्ष जोशीलाई संघको प्रेस सल्लाहकारमा मनोनीत गरेको हो। रुपेश स्वाँरको संयोजकत्वमा १२ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। यस्तै संघले कार्यसमितिमा दुई जना महिला सदस्य र दुई जना पुरुष सदस्यलाई पनि मनोनीत गरेको छ।


