धनगढी। कञ्चनपुरबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन् । कैलालीको उपमहानगरपालिका–११ बेलाका ३३ वर्षीय मानबहादुर राना कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट लागूऔषधसहित पक्राउ परेका हुन्।
बिहीबार दिउँसो रानालाई ३ ग्राम लागुऔषधसहित पुनर्वासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतको खजुरियाबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-०११ प २२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषध भेटिएको हो । लागुऔषधसहित पक्राउ परेका मानबहादुर माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


