धनगढी। सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ। साउन १ गतेदेखि डिजेलको मूल्य १० रुपैयाँ १७ पैसाले घटेपछि गाडी भाडाको मूल्य समायोजन गरिएको छ।यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर घटेको बताएको छ।
विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ दशमलव १३ प्रतिशतले घटेको छ।यसैगरी मालवाहक सवारीको भाडा तराईंमा ३.०९ र पहाडमा २ दशमलव ७८ प्रतिशतले घटेको छ। ६८८ किलोमिटर दुरी काठमाण्डौँ–धनगढीको भाडा एक हजार ८ सय ९९ रुपैयाँबाट घटेर एक हजार ८ सय ५९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै काठमाण्डौ–सितागढी–साँफेबगर ८ सय ९९.६ किलोमिटरको भाडा दुई हजार ६९३ रुपैयाँबाट घटाएर दुई हजार ६३६ कायम गरिएको छ।
काठमाण्डौँ–महेन्द्रनगर ६९५ किलोमिटरको भाडा एक हजार ९ सय १५ रुपैयाँबाट घटाएर एक हजार ८ सय ७४ रुपैयाँ कायम गरिएको छ। काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा ७७३ किलोमिटरको भाडा दुई हजार दुई सय ३८ रुपैयाँबाट घटाएर दुई हजार एक सय ९० रुपैयाँ, काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा–बैतडी ८६४ किलोमिटरको भाडा दुई हजार पाँच सय ६४ बाट घटाएर दुई हजार पाँच सय १० रुपैयाँ, धनगढी–जनकपुर ७६३ किलोमिटरको भाडा दुई हजार ४७ रुपैयाँबाट घटाएर दुई हजार चार रुपैयाँ कायम गरिएको छ।
त्यस्तै धनगढी–नेपालगञ्ज १९९ किलोमिटरको भाडा ५६९ बाट घटाएर ५५७, धनगढी–विराटनगर ८२६ किलोमिटरको भाडा दुई हजार दुई सय १९ बाट घटाएर दुई हजार एक सय ७१ रुपैयाँ कायम गरिएको छ। त्यस्तै धनगढी–स्याङजा–पोखरा ५८६ किलोमिटरको भाडा एक हजार ७ सय २३ रुपैयाँबाट घटाएर एक हजार ६ सय ८६ कायम गरिएकोछ। काठमाण्डौँ–अत्तरिया–चैनपुर ९४४ किलोमिटरको भाडा दुई हजार ९ सय ४३ रुपैयाँबाट दुई हजार ८ सय ८० रुपैयाँ तथा काठमाण्डौँ–अत्तरिया–मार्तडी ९४४।६ किलोमिटरको भाडा दुई हजार ९ सय ५९ बाट घटाएर दुई हजार ८ सय ९६ रुपैयाँ कामय गरिएको छ।
समायोजनपछिको अन्तर प्रदेशको नयाँ गाडी भाडा यस्तो छ।सुचिसहित gadi-bhada (1)


