कैलाली। कैलालीको गोदावरी नगरपालिका १ बाट लागु औषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन । आइतबार मनहेरा स्थित ग्यारेजमा काम गर्ने भारतको पिलिभितका ३० बर्षीय असलम अन्सारी पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट १४० मिलीग्राम लागु औषध खैरो हिरोईन बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेका अन्सारी माथी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन ।


