धनगढी। कैलालीमा स्थानियहरुले एक वडा कार्यालयमा तालाबन्दी गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिका–६ बसन्ताको वडा कार्यालयमा स्थानीयहरुले आज शुक्रबार तालाबन्दी गरेका हुन्। वडा अध्यक्षले स्थानीयहरूसँग छलफल नगरेर एकलौटी तरीकाले योजना छनोट गरेको आरोप छ।
सोही ठाउँका स्थानीय दीपेश बोहराले आर्थिक वर्ष २०८०/०८१ को वडामा विनियोजित बजेटमा वडा अध्यक्षले एकलौटी ढङ्गले छुटाएको हुँदा आफूहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको बताए। पटक पटक वडाध्यक्षसँग बसेर छलफल गर्दा पनि आफूहरूको मागको सुनाई नभएको स्थानियहरूको गुनासो छ। जनताको आवश्यकता अनुसार सहमतिमा बजेट छुट्टाउन र जनगुनासोलाई सम्बोधन गर्नुपर्नेमा ठिक विपरित गरेको उनीहरूले गुनासो गरेका छन्। सो बारेमा कुरा गर्न खोज्दा वडा अध्ययक्षको भने फोन उठेन्।


