धनगढी। कैलालीमा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ। आज बुधबार दिउँसो २ बजे कैलालीको चुरेगाँउपालीका १ मा चट्याङ लागेर १६ वर्षीय रीमा बिकको मृत्यु भएको हो।
चट्याङ लाग्दा घाईते भएकी बिकको उपचारको क्रममा मृत्यु भएको उनका बुवा डील बिकले बताए । चट्याङ लागेर घाईते भएकी रीमालाई उपचारको लागी सेती प्रादेशीक अस्पतालमा ल्याएको थियो । उनको केही समयमै मृत्यु भएको बताइएको छ।


